
काठमाडौं । नेपाल बैंक लिमिटेड र ‘लेट मि इन प्रालि’ बीच सौन्दर्य तथा छालाको उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ‘लेट मि इन प्रालि’का प्रबन्ध निर्देशक डोङ्ग सु माबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतापछि बैंकका कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले लेट मि इन प्रालि मार्फत प्रदान गरिने विभिन्न सौन्दर्य सेवाहरूमा आकर्षक छुट पाउने भएका छन् ।
काठमाडौंको नयाँ बानेश्वरस्थित ‘लेट मि इन प्रालि’ ले कोरियन प्रविधिमा आधारित अत्याधुनिक एस्थेटिक्स सेवा प्रदान गर्दै आएको छ । अबदेखि बैंकमा कार्यरत कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकहरूले उक्त क्लिनिकमा उपचार गराउँदा ८ देखि १५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।