Logo
Logo

नवगायक रोकायाको पहिलो म्युजिक भिडियो ‘तारेभिरमा बुकी’ सार्वजनिक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ साउन । रमाइलो डान्सिङ शैलीको यस गीतमा धिरेनकुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको छ । गीतका शब्द सुमन श्रापितले लेखेका हुन् । बिबी अनुरागीले संगीतवद्ध गरेको यस गीतलाई अनुरागीले नै संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ । रक कौशलले छायांकन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । माधव श्रेष्ठ सहनिर्देशक रहेको भिडियोलाई शिव बिकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो ।

गायक रोकायाको पहिलो प्रयासस्वरूप प्रस्तुत गरिएको यस भिडियोलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन् । आगामी दिनमा निरन्तर राम्रा गीत संगीत सार्वजनिक गर्दै जाने गायक रोकायाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्