Logo
Logo

एभरेष्ट बैङ्कको १३३औँ शाखा बर्दिबासमा विस्तार  


189
Shares

काठमाडौं । एभरेष्ट बैङ्कले मधेश प्रदेशको महोत्तरी जिल्ला, बर्दिबास नगरपालिका–१ मा आफ्नो १३३औँ शाखा सञ्चालनमा ल्याएको छ । यो शाखासँगै मधेश प्रदेशमा बैङ्कका शाखाहरूको सङ्ख्या १५ पुगेको छ ।

The current image has no alternative text. The file name is: everest-bank.gif

नयाँ शाखाले महोत्तरीका बासिन्दालाई अत्याधुनिक, सरल र सहज बैङ्किङ सुविधा प्रदान गर्ने विश्वास बैङ्कले लिएको छ । उक्त शाखाको उद्घाटन बर्दिबास नगरपालिकाका मेयर श्री प्रह्लादकुमार क्षेत्री र बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले संयुक्त रूपमा गरेका हुन् ।

 उद्घाटन समारोहमा बर्दिबास नगरपालिका–१ का वडाध्यक्ष श्री भोला खड्का, बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री विष्णु खड्का, बैङ्कका मधेश प्रदेश प्रमुख श्री पुष्पराज उप्रेती, बैङ्कका अन्य कर्मचारीहरू र स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो ।  बर्दिबासमा नयाँ शाखा स्थापनाले यस क्षेत्रको आर्थिक गतिविधिलाई प्रोत्साहन गरी समग्र आर्थिक विकासमा योगदान पुग्ने बैङ्कको विश्वास छ ।

पंजाब नेशनल बैङ्क, भारतसँगको संयुक्त साझेदारीमा सञ्चालित एभरेष्ट बैङ्कले हाल १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैङ्कको देशभर १३३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६८ एटीएम रहेका छन् । साथै, विश्वव्यापी नेटवर्कमार्फत अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैङ्किङ सुविधा प्रदान गर्दै आएको यो बैङ्क नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३२ स्थानमा सेवा दिइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्