जनकपुरधाम । जनकपुर जययनगर रेलमा ठोक्किएर एक जनाको मृत्यु भएको छ । धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका २ सिनरजोडा ४५ वर्षीय बिनोद साहको मृत्यु भएको हो ।

आज दिउँसो १२: ३० बजेको समयमा धनुषाको औरही गाउँपालिका–२ देउरी प्रवाहास्थित रहेको रेलको लिकमा ठक्कर लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जनकपुरबाट जयनगरतर्फ गइरहेको रेलको ठक्करबाट मृत्यु भएका साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














