Logo
Logo

रजतपट बहिष्कार गलतः निर्माता रोज राणा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३२ साउन ।
पत्रकार प्रकाश सुवेदीको रजतपट कार्यक्रमको विषयलाई लिएर बहस चलिरहेको छ । कतिपयले कलाकारले सो कार्यक्रम नै बहिष्कार गर्ने बताएका छन् । तर,माफि मागिसकेपछि पनि कार्यक्रम बहिष्कार गलत भएको नेपाल चलचित्र निर्माता संघका महाचसिव रोज राणाले बताएका छन् । सुवेदीको अभिव्यक्ति पत्रकारिता आचारसंहिताविपरीत र अक्षम्य रहेता पनि कार्यक्रम नै वहिष्कार गर्नु ठीक नहुने उनको भनाई छ ।


विज्ञप्ति जारी गर्दै चलचित्र सम्बद्ध संगठनहरू रजतपट कार्यक्रमलाई वहिष्कार गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिनमा तल्लिन रहनु चलचित्र क्षेत्रको लागि दुर्भाग्यपूर्ण भएको उनले बताएका छन् । सञ्चारकर्मी सुवेदीले गल्तीको आत्मावोध गर्दै सार्वजनिक सञ्चार माध्यमबाट माफी पनि मागिसेको उल्लेख गर्दै कार्यक्रम नै वहिष्कार गर्ने अभिव्यक्ति संस्थागत रूपमा आउनु चलचित्र क्षेत्रको सुखद भविष्यको संकेत नरहेको राणाको भनाई छ । जुन कलाकारप्रति लक्षित गरी टिप्पणी गरिएको उनले कानुनी प्रक्रिया पनि सुरु गरिसेकाले उल्लेख गर्दै उनले कार्यक्रम संचालकको गल्तीलाई लिएर चलचित्र क्षेत्रका लागि रजतपटको योगदानलाई ओझेलमा पार्नु वाञ्छनीय नहुने उल्लेख गरेका छन् ।

‘रजतपट कार्यक्रमको एक प्रस्तोताबाट भएको गल्तीलाई लिएर सङ्गो कार्यक्रमलाई नै वहिष्कार गर्ने अभिव्यक्ति यसरी संस्थागत रूपमा आउनु चलचित्र क्षेत्रको सुखद भविष्यको सङ्केत नरहेको मेरो ठम्याइ रहेको छ । कार्यक्रम संचालकको गल्तीलाई लिएर चलचित्र क्षेत्रका लागि रजतपटको योगदानलाई ओझेलमा पार्नु वाञ्छनीय हुँदैन’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्