Logo
Logo

आर्थिक प्रलोभनमा पर्ने दुई प्रहरी निलम्बित


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, १ भदौ । आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह नगर्ने दुई जना प्रहरी कर्मचारीहरुलाई निलम्बन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उनीहरुलाई निलम्बन गरेको हो । बा६ख ५५६३ नम्बरको सवारी साधनसँग रकम लिएको भन्ने उजुरीका आधारमा निजहरु प्रारम्भिक सोधपुछ गर्दा रकम लिएको भन्ने पुष्टि भएपछि थप छानबिनका लागि उनीहरुलाई निलम्बन गरिएको हो । निलम्बन पर्नेमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हबल्दार कमलबहादुर खड्का र प्रहरी चौकी ढुंग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान वीरबहादुरप्रसाद यादव रहेका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा निजहरुउपर थप छानबिन गर्न समिति गठन गरेको छ । आफ्नो ड््युटीमा इमान्दारिता प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैर व्यवसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई वाग्मती प्रदेश प्रहरीले विशेष अभियानको रुपमा सञ्चालन गरिरहेको छ ।

वागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रित, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भइरहेको कामको अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स गठन गरिएको छ । सेवाग्राहीसँग आर्थिक प्रलोभनमा पर्ने एक प्रहरी निरीक्षकसहित १३ प्रहरी कर्मचारी निलम्बित भइसकेका छन् भने ड्युटीमा इमान्दारिता प्रदर्शन गर्ने २५ जना प्रहरी कर्मचारी पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्