Logo
Logo

धादिङ प्रशासनले भन्यो- त्रिशूली नदी आसपास नजानू


252
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन आग्रह गरेको छ ।

लगातारको वर्षासँगै त्रिशूली नदीमा बाढी आउने सम्भावनालाई मध्यनजर गर्दै जिप्रका धादिङले सूचना जारी गर्दै त्रिशूली नदी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन भनेको हो ।

त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवातर्फ अत्यधिक वर्षा भइरहेको छ । वर्षाको कारण सडक र पुलमा समेत क्षति पु¥याएकाले त्रिशूली नदी किनारका दुवैतर्फ बाढीको जोखिम बढ्न सक्ने प्रशासन कार्यालयको भनाई छ ।

प्रशासनले नदी किनार आसपासका बासिन्दालाई आवश्यकता नपरेसम्म नदीको नजिक नजान, बालबालिका र पशु चौपाया सुरक्षित स्थानमा राख्न, र सम्भावित जोखिम क्षेत्रमा गएका व्यक्तिहरूलाई तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्