Logo
Logo

भोटेकोसीमा बाढी : उद्धारमा खटिएका तीन प्रहरी सम्पर्कविहीन


756
Shares

काठमाडौं । रसुवास्थित भोटेकोशीमा एक्कसी बाढी आएपछि उद्धार गर्न खटिएका ३ जना प्रहरी सम्पर्क विहीन भएका छन् ।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा आज बिहान करिब ३ बजेतिर एक्कासी बाढी आएपछि उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरेका तीन प्रहरी सम्पर्कबिहीन भएका हुन् ।

रसुवाका डीएसपी हेम शाहीले उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र जवान लोकेन्द्र बोहरा सम्पर्कविहीन भएको बताए ।

चीनमा परेको अविरल वर्षाको कारण आएको बाढीमा परेर टिमुरे स्थित ड्राइपोर्टमा कार्यलयका केही मजदुरहरू समेत सम्पर्कविहीन भएका छन् । डीएसपी शाहीले भने, ‘प्रहरी र ड्राइपोर्टमा काम गर्नेहरू पनि सम्पर्क विहीन भएका छन्, खोजी र उद्धार हुँदै छ ।’

प्रतिक्रिया दिनुहोस्