Logo
Logo

भोटेकोशीमा बाढी : ९ जनाको उद्धार, अन्यको खोजी जारी


1.2k
Shares

काठमाडौं । भोटेकोशीमा आएको बाढीमा फसेका ९ जनाको उद्धार गरिएको छ ।

आज बिहान रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा आएको बाढीमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले ९ जनाको उद्धार गरिएको र अन्यको खोजी भइरहेको जानकारी दिए ।

उनका अनुसार बाढीमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी बेपत्ता भएका छन् । एक जना प्रहरीले चाहिँ नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेको उनले बताए । अन्यको पनि खोजी कार्य जारी रहेको उनको भनाई छ ।

बाढीले नेपाल–चीन जोड्ने पुल बगाएको छ भने रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ । अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्