Logo
Logo

भोटेकोसी बाढीमा ३ प्रहरी, ९ नेपाली ६ चिनियाँ बेपत्ता


1.4k
Shares

काठमाडौं । भोटेकोशीमा आएको बाढीमा १५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले सूचना जारी गर्दै आज बिहान रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा आएको बाढीमा ३ प्रहरी, ९ नेपाली र ६ चिनियाँ बेपत्ता भएको जानकारी दिएको हो ।

त्यस्तै बाढीमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले ९ जनाको उद्धार गरिएको र अन्यको खोजी भइरहेको जानकारी दिए ।

बाढीले नेपाल–चीन जोड्ने पुल बगाएको छ भने रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ । अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

रसुवा प्रहरीले दिएको जानकारी :

प्रतिक्रिया दिनुहोस्