Logo
Logo

सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले लिए शपथ


1.2k
Shares

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त तीन जना न्यायाधीशले शपथ ग्रहण गरेका छन् । नवनियुक्त न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष आज पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन् ।

न्याय परिषद्को सिफारिसका आधारमा उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका थिए । शपथपछि उनीहरुको आजै इजलास समेत तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्