
बागलुङ । पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेले वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने जानकारी दिए । उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए । केही स्थानमा सडकसमेत भासिएको छ ।














