Logo
Logo

पहिलोपटक पाँच सय पाए- रञ्जिता गुरुङ, अभिनेत्री तथा मोडल


- दृष्टि न्युज/संवाददाता


एक समय टेलिभिजन च्यानलहरुमा गीत बज्नेवित्तिकै रञ्जिता गुरुङ देखिन्थिन् । अर्थात् त्यतिखेर म्युजिक भिडियोमा उनको एकछत्र राज थियो । विशेषगरी लोकगीत र दोहोरीका भिडियो भन्नवित्तिकै उनलाई सम्झिन्थे । कतिको संख्यामा मोडलिङ गरेँ भन्ने रञ्जितालाई समेत थाहा छैन । करिब १३ वर्षको अवधिमा १३ सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी रञ्जिता भन्छिन्, ‘सुरु सुरुमा के नै गरेँ भन्ने लागेर लेखेर राख्थेँ । त्यसैले थाहा हुन्थ्यो । तर, संख्या बढ्दै गएपछि गन्नै छाडेँ ।’ मोडलिङ गर्दागर्दै फिल्म ‘गोरखा पल्टन’मा अभिनय गरेकी रञ्जिताको त्यसपछि झनै डिमाण्ड बढ्यो । यिनै मोडल तथा अभिनेत्री दुई वर्षको ‘ब्याक’पछि मोडलिङ आएकी छन् । पारिवारिक व्यस्तताका कारण दुई वर्ष घरमै बसेकी रञ्जिता ‘कम्ब्याक’पछि पनि व्यस्त भएकी छन् । ‘गोरखा पल्टन’पछि उनले ‘वडा नं–६’ लगायतका केही फिल्ममा समेत अभिनय गरेकी छन् । ‘लकडाउन’कै अवधिमा समेत केही भिडियो गर्न भ्याएकी गोरखाकी मोडल तथा अभिनेत्री रञ्जिता गुरुङसँग एमपी सुब्बाको जम्काभेट :

‘कलडाउन’को समय कसरी बित्दैछ ?

म लकडाउनमा गोरखा गएकी थिएँ । गोरखामै तीन महिना बसेँ । काठमाडौं आएको भर्खरै हो । लकडाउनमा सास्ती त भयो नै । तर, मलाई मात्र होइन, यो महामारीले सबैलाई पीडा र सास्ती दिएको छ ।

कोरोनाले पेसागत रुपमा कतिको असर ग¥यो ?

पेसागत रुपमा मलाइँचाहिँ खाशै असर भएन किनकि, म लकडाउन सुरु हुनअघिसम्म रेस्टमै थिए । दुई वर्ष घरमै रेस्ट गरेर मोडलिङमा आउने सोच बनाइरहँदा कोरोना महामारी आयो । जसले गर्दा मोडलिङमा कम्ब्याक हुन केही ढिलाचाहिँ भयो । त्यही पनि लकडाउनका बीच सुरक्षा अपनाएर केही म्युजिक भिडियोमा काम गरेँ ।

व्यस्त भइरहेकै बेला किन ‘ब्याक’ हुनुभएको नि ?

घर परिवारलाई समय दिन । बिहेपछि बेबी भयो । त्यसपछि घरमै बस्नुप¥यो । अहिले बेबी ठूलो भएकाले पुनः मोडलिङमा आएकी हुँ ।

‘लकडाउन’को बेला कस्तो गीतमा मोडलिङ गर्नुभयो ?

लकडाउनकै समयमा दुई वटा भिडियो गरेँ । ती दुईटै भिडियो राम्रो हुन्छ भन्ने मैले अपेक्षा गरेकी छु । किनकि, मैले धेरैपछि डान्सिङ गीतमा मोडलिङ गरेकी हुँ । गीत पनि राम्रो छ ।

अहिलेसम्म कति गीतमा मोडलिङ गरेँ भन्ने तपाइँलाई याद छ ?

छैन । सुरुमा चाहिँ के नै गरेँ भन्ने लागेर लेखेर राख्थेँ । तर, संख्या बढ्दै गएपछि गन्नै छाडेँ । म्युजिक भिडियोमा मोडलिङ गर्न थालेकै १२÷१३ वर्ष भयो । त्यो बेला महिनामै २०-२५ वटा भिडियोमा काम गरेँ । त्यो हिसाबले १५ सयभन्दा बढी नै भयो होला ।

पहिलोपटक म्युजिक भिडियो गर्दा पारिश्रमिक कति पाउनुभएको थियो ?

मैले शंकर बिसीसँग काम गरेकी थिएँ । त्यतिखेर मलाई उहाँले पाँच सय रुपैयाँ दिनुभएको थियो । जेहोस््, हात खालीचाहिँ भएन ।

‘गोरखा पल्टन’ फिल्म हिट भएपछि तपाइँको डिमाण्ड बढेको हो ?

डिमाण्ड त त्यसअघि नै बढेको थियो । तर, डिमाण्ड बढेपनि त्योबेला एउटा भिडियोको ५ हजार पाइन्थ्यो । आजभन्दा १०÷१२ वर्ष अघि भिडियो नै ३०÷३५ हजार तयार हुन्थ्यो । त्यस्तो अवस्थामा पाँच हजार ठीकै हो । ‘गोरखा पल्टन’मा अभिनय गरेपछि मेरो करिअरले थप उचाइचाहिँ लियो ।

हिजोआज म्युजिक भिडियो गरेको कति लिनुहुन्छ ?

यति नै लिन्छु भन्ने छैन । म डिमाण्डेड छैन । तर, मलाई पुग्दो लिन्छु । अहिले त म्युजिक भिडियोमा समेत चार÷पाँच लाख खर्च गरिन थालिएको छ । त्यही अनुसार पारिश्रमिक पनि पाइन्छ ।

फिल्म गर्ने सोच छ कि छैन ?

खाशै छैन । अहिलेको अवस्थामा फिल्म बन्ने वातावरण पनि छैन । कोरोनाको संकटले गर्दा फिल्म क्षेत्र ठप्प छ । त्यसैले अफर पनि आएको छैन । अफर नै नआएपछि फिल्म खेल्ने सोच बनाएर मात्र हुँदैन ।

आफ्नो पेसाबाट खुसी हुनुहुन्छ ?

खुसी छु । जति पनि काम गरेँ, सुन्तुष्ट छु । अहिले म जहाँ छु, त्यो मेरो मोडलिङ पेसाले नै पु¥याएको हो । मलाई फिल्म गर्नैपर्छ भन्ने छैन । भिडियोबाटै आएकी हुँ । त्यसैले म्युजिक भिडियोबाटै सन्तुष्टि छु ।

फिल्म बनाउने योजना छ कि छैन ?

एक पटक गुरुङ फिल्म बनाउने सोच आएको थियो । त्यो पनि एक्लै होइन । साथीहरु मिलेर एउटा गुरुङ फिल्म बनाउन भन्ने लागेको थियो । तर, समय नभएर गर्न पाएको छैन । फिल्म बनाएर निर्मात्री बन्ने सोचचाहिँ छैन ।

प्रतिक्रिया दिनुहोस्