काठमाडौं । कलाकार तथा निर्देशक सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । यस चलचित्रमा सागरकै मुख्य अभिनय रहेको छ ।

चलचित्र विकास बोर्डद्धारा मंगलबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’मा ‘चे’ले उक्त पुरस्कार प्राप्त गरेको हो ।
समसामयिक राजनीतिक सन्दर्भमा निर्माण गरिएको चलचित्रमा आदिवासी समुदायका समाधिस्थलमाथि भइरहेको आक्रमणलाई मुख्य रुपमा उठान गरिएको छ ।
यसअघि ‘चे’ले पाचौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२’ मा पनि उत्कृष्ट चलचित्र र सागर केरुङले उत्कृष्ट निर्देशकको अवार्ड हात जितेका थिए ।
यस वर्षको उत्कृष्ट अभिनेताको पुरस्कार ‘पूर्णबहादुरको सारंगी’बाट विजय बराल र उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपासनासिंह ठकुरीले ‘खुस्मा’ फिल्मबाट जितेका छन् ।











