Logo
Logo

आज रातिदेखि ललितपुरका यी स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने


693
Shares

काठमाडौं । आज रातिदेखि ललितपुसरका केही स्थानमा नेपाल टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल टेलिकमले सूचना जारी गर्दै पाटन क्षेत्रका विभिन्न स्थानमा फाइबर तार जडान गर्न लागेकोले आजदेखि तीन दिनसम्म रात्रिकालीन समयमा सेवा बन्द हुने जानकारी दिएको हो ।

सूचनाअनुसार मर्मत कार्य चल्ने दिनहरूमा बेलुकी ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म एफटीटीएच अन्तर्गतका टेलिफोन, इन्टरनेट र टिभी सेवाहरू प्रभावित हुनेछन् ।

असार ३२ गते बुधबार मच्छिन्द्रबहाल, लगनखेल, ताल्छिखेल, पाटन औद्योगिक क्षेत्र, सातदोबाटो चक्रपथभित्र सेवा प्रभावित हुनेछ ।

साउन १ गते बिहीबार च्यासल, चाकुपाट, ज्वागल, पुलचोक र २ गते शुक्रबार जाउलाखेल, एकान्तकुना खरीबोट, भनीमण्डल, सानेपा, धोबीघाट क्षेत्रमा सेवा प्रभावित हुने सूचनामा उल्लेख ।

यदि निर्धारित समयभन्दा अघि वा पछि पनि सेवा सुचारु नभएमा टेलिकमले नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रको नम्बर १९८ मा वा दूरसञ्चार कार्यालय पाटनको फोन नम्बर ०१–५४२३३६३ मा सम्पर्क गर्न ग्राहकहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्