Logo
Logo

प्रथम बिमा शुल्कमा नेपाल लाइफको ऐतिहासिक रेकर्ड, १० अर्ब रुपैयाँ आर्जन


252
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० अर्ब रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेको छ । स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा कम्पनीले नेपालको जीवन बिमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको हो ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीलाई मार्गनिर्देश गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, बिमितहरू, बिमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, सेयरधनी, नियामक निकायहरू तथा सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका छन् ।

‘नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको छ । आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा नेपाल लाइफ विश्वस्त छ,’ प्रमुख कार्यकारी अधिकृत पराजुलीले उनले भने ।

प्रतिक्रिया दिनुहोस्