Logo
Logo

ईन्द्रकलाले गाइन् लक्ष्मणको परदेशी गीत


6k
Shares

काठमाडौं । गीतकार तथा साहित्यकार लक्ष्मण श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक श्रेष्ठको परदेशी गीतमा संगीत युवा संगीतकार पवन बान्तवा राईको रहेको छ ।

गीतकार श्रेष्ठ लामो समयदेखि अमेरिका बस्दै आएपनि गीत तथा साहित्यमा कलम चलाउँदै आएका व्यक्ति हुन् । श्रेष्ठको हालै सार्वजनिक परदेशी गीतमा परदेशीहरुको कथाब्याथा समेटिएको छ । गीतमा नेपालमा बेरोजगारीको अवस्थाले बिदेश जानूपर्ने युवाहरुको यर्थात बाध्यता र पीडालाई उजागर गरिएको छ ।

यस गीतमा अहिलेकी चर्चित गायिका ईन्द्रकला राईले स्वर दिएकी छन् । ईन्द्रकला ‘भ्वाइस अफ सिजन–६’की फाईनलिष्ट हुन् । उक्त गीतमा एरेन्ज राजु कार्कीको रहेको छ । यस गीतलाई किङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्