Logo
Logo

‘यसपालीको तीजमा स्याउ केरा टन्नै खाने हो’ (भिडियो)


3.7k
Shares

काठमाडौं । गायिका सुनिता खपाङ्गी मगर लगायतका टिमले यसपालीको तीजलाई लक्षित गर्दै नयाँ गीत ल्याएका छन् ।

हिन्दू धार्मालम्बी नारीहरुको विशेष पर्व हरितालिका तीज आउन अझै एक महिनाभन्दा बढी समय छ । यसैबेला सुनिता लगायतको स्वरमा ‘यसपालीको तीजमा स्याउ केरा टन्नै खाने हो’ बोलको तीज सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा सुनिता खपाङ्गी मगर, निशा बिसी र नानु बुर्जा मगरको स्वर रहेको छ । निशा बिसीकै शब्द तथा संगीत रहेको यस तीज गीतको भिडियोमा सञ्जिव ठकुरी, सुनिता वाइबा र स्नेहा तामाङको अभिनय रहेको छ ।

सञ्जिव ठकुरीको निर्देशन तथा कोरियोग्राफी रहेको यस भिडियोलाई गायिका निशा बिसीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्