Logo
Logo

पूर्वमन्त्री बज्राचार्यको निधन


1.1k
Shares

काठमाडौं । पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ । तत्कालीन ललितपुर नगरपालिका प्रमुख समेत रहेका बज्राचार्यको शनिबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा ८९ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय बज्राचार्यको शव अहिले महाराजगञ्ज अस्पतालमा राखिएको छ । उनका कान्छा छोरा विदेशबाट फर्किएपछि आइतबार अन्त्येष्टि गरिने ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको नगरप्रमुख भएका थिए ।

विसं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत १७ को वडाध्यक्ष, २०३२ सालमा पहिलो पटक ललितपुरको प्रधानपञ्च भई उनले काम गरेका थिए । विसं २०४६ मा प्रजातन्त्र आएपछि उहाँननेकपा एमालेबाट २०५४ मा ललितपुरको नगरप्रमुख भएका थिए ।

व्यापार क्षेत्रबाट पहिचान बनाउँदै राजनीतिमा होमिएका बज्राचार्यले २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष, २०३८ सालमा सङ्घको कार्यवाहक अध्यक्ष र २०३९ देखि २०४० सालसम्म अध्यक्षको जिम्मेवारीमा रहेर योगदान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्