Logo
Logo

पर्वतकाे लाङ्दीमा पहिरोले घर पुरिंदा श्रीमान-श्रीमती बेपत्ता


504
Shares

काठमाडौं । पर्वतमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा एकतले घर पुरिंदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन् ।

वर्षासँगै आएको पहिरोले घर पुरिँदा छविलाल दम्पत्ति बेपत्ता भएको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार बुहारी ३२ वर्षीया पवित्रा भने हाम फालेर बचेकी छन् । अहिले स्थानीयले उद्धारकार्य जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्