Logo
Logo

१३ इन्स्पेक्टर, ११ डिएसपी र ११ एसपीको बढुवा सिफारिस (सूचीसहित)


11k
Shares

काठमाडौं । नेपाल प्रहरीका १३ इन्सपेक्टर, ११ डिएसपी र ११ जना एसपी बढुवाका लागि सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समिति बैठकले इन्सपेक्टर, डिएसपी र एसपी गरेर ३५ जनालाई बढुवा सिफारिस गरेको हो ।

इन्सपेक्टरबाट डिएसपीमा बढुवा सिफारिस हुनेहरूमा बसन्त गौतम, पञ्चलाल गोले, होमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल र पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेल बढुवा सिफारिसमा परेका छन्।

त्यस्तै डिएसपीबाट एसपीमा बढुवा सिफारिस हुनेहरुमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का छन् ।

त्यसैगरी, एसएसपीमा बढुवा सिफारिस हुने ११ जना एसपीमा तुलबहादुर कार्की, राकेश सिंह, कमल थापा, दयानिधी ज्ञवाली, दीपक पोखरेल, प्रविण धिताल, राजीब बस्नेत, दीपेन्द्र शाही, प्रकाश रानाभाट, केदार खनाल र ज्ञानेन्द्रप्रसाद फुयाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्