Logo
Logo

भारतमा एकैदिन ६९ हजार संक्रमित थपिए, एक हजारको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, ६ भदौ ।
भारतमा पछिल्लो २४ घण्टामा थप ६९ हजार ८ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जहाँ पछिल्लो २४ घण्टामा मात्रै थप ९ सय ४७ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण दिप्रतिदिन बढीरहेको छ ।


भारतमा एकैदिन १० लाखभन्दा बढी पीसीआर परीक्षण गरिएको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आईसीएमआर) का अनुसार शुक्रबार मात्रै १० लाख २३ हजार ८ सय ३६ नमुना परीक्षण गरिएको छ ।
भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै परीक्षण गरिएको हो । आईसीएमआरका अनुसार अगस्ट २१ सम्म ३ करोड ४४ लाख ९१ हजार ७३ नमुना परीक्षण गरिएको हो ।

भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ हजार ७ सय ९४ पुगेको छ भने २९ लाख ७५ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये २२ लाख २२ हजारभन्दा बढी निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्