Logo
Logo

यी हुन् एकै परिवारका बेपत्ता हुने १६ जना


1.8k
Shares

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाका बेपत्ता भएका १६ जनाको नाम सार्वजनिक भएको छ । एकैपटक परिवार नै बेपत्ता भएपछि प्रहरीले खोजीकार्य तीव्र पार्दै नामावली सार्वजनिक गरेको हो ।

बेपत्ता हुनेमा ५२ वर्षीया उर्मिला हायु, २७ वर्षीया कमला हायु, २३ वर्षीया कोमल माया हायु, १९ वर्षीया उषा हायु, २१ वर्षीया अस्मिता हायु, २९ वर्षीय राजु हायु, २४ वर्षीय हिमाल हायु, १६ वर्षीय लालबहादुर हायु, १४ वर्षीय वेगबहादुर हायु, ११ वर्षीय लक्ष्मण हायु, १२ वर्षीय सुवर्ण हायु, १० वर्षीया ओमकुमारी हायु, १ वर्षीय अर्जुन हायु, ४ वर्षीया रियासा हायु र १५ वर्षीय शान्ता हायु रहेका छन् ।

उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको गोलन्जोर गाउँपालिकाका प्रवक्ता रेगन राज थापाले जानकारी दिए । गाउँपालिकाका अनुसार बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्