
काठमाडौं । चिनवनस्थित नारायणी नदीमा फाल हानेर एक युवक बेपत्ता भएका छन् । आज (मंगलबार) बिहान चितवन र नवलपुर पूर्व जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर झण्डै २० वर्षका एक युवक बेपत्ता भएका हुन् ।
युवकले नदीमा फाल हानेको जानकारी पाएपछि पुगेको प्रहरीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एसपी यादव ढकालले जानकारी दिए ।
उनका अनुसार बेपत्ता युवकको नाम ठेगाना खुल्न नसकेको छैन । बेपत्ता युवाको खोजीका लागि १७ नम्बर गणको आईआरटी पोस्टबाट ७ जनाको टोली परिचालन गरिएको छ ।














