Logo
Logo

छात्रवृत्तिमा छनोट भएकालाई साउन १५ भित्र भर्ना हुन महानगरको आग्रह


630
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षामा छनौट भएका विद्यार्थीहरूलाई यही साउन १५ गतेभित्र सम्बन्धित शैक्षिक संस्थामा भर्ना हुन आग्रह गरेको छ । 

The current image has no alternative text. The file name is: kathamandu-3.gif

मङ्गलवार सूचना प्रकाशित गरी महानगरपालिकाले ‘१५ गतेसम्म भर्ना हुनुपर्नेछ अन्यथा मनोनयन भएको शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययनको लागि कुनै पनि दाबी विरोध गर्न नपाइने र उक्त कोटामा न्यापअपमा मनोनयन गरिने’ जनाएको छ।

महानगरले भनेको छ, ‘मनोनयनमा परेका परिक्षार्थीले https://entrance.kathmandu.gov.np/ मा आफ्नो सिम्बोल नम्बर, जन्म मिति, पासवर्ड (मोबाइल र इमेलमा प्राप्त) राखी मनोनयन पत्र प्रिन्ट गरी मिति २०८२/०४/१५ गतेसम्म भर्ना हुनुपर्नेछ अन्यथा मनोनयन भएको शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययनको लागि कुनै पनि दाबी विरोध गर्न नपाइने र उक्त कोटामा न्यापअपमा मनोनयन गरिने ब्यहोरा जानकारी गराइन्छ।’

प्रतिक्रिया दिनुहोस्