Logo
Logo

गाजामा इजरायली हमलामा ३० जनाको मृत्यु


504
Shares

गाजा सिटी । मध्य नुसिरात जिल्लामा इजरायली हवाई आक्रमणमा महिला र बालबालिका सहित कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलवार जनाएको छ ।

The current image has no alternative text. The file name is: gaza-1.gif

नागरिक रक्षाका प्रवक्ता महमुद बासलले आक्रमणहरू रातभर र बिहानसम्म भएको र नुसिरात शरणार्थी शिविरमा ‘धेरै नागरिकको घर’ लाई लक्षित गरिएको बताए । 

स्थानीय अल–अवदा अस्पतालमा ‘१४ महिला र १२ बालबालिका सहित ३० जना शहीदको शव’ प्राप्त भएको बताइएको छ । इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन । इजरायली सेनाले करिब २२ महिनादेखि गाजा पट्टीमा लडाकू समूह हमास विरुद्ध कारबाही गरिरहेको छ ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी समूह हमासले गरेको रक्तपातपूर्ण आक्रमणबाट सुरु भएको इजरायली आक्रमणबाट गाजामा ५९ हजार नौ सयभन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सप्ताहन्तमा अन्तर्राष्ट्रिय रायको दबाबमा यस क्षेत्रको अनिकालको समाधान गर्न इजरायलले सहायता वितरण गर्न अनुमति दिन आइतबारदेखि सुरु भएको ‘रणनीतिक विराम’ को एक शृङ्खला घोषणा गरेको थियो ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयअनुसार सैन्य कारबाहीमा विरामले हरेक दिन बिहान १० बजे (०७०० जिएमटी) देखि साँझ ८ बजेसम्म ‘ठूलो जनसङ्ख्या भएका क्षेत्रहरू’ समेट्नेछ ।

निर्धारित सहायताका सवारी मार्गहरू बिहान ६ देखि राति ११ बजे सम्म सुरक्षित रहने नेतान्याहुको कार्यालयले जनाएको छ । तर, रातभर आक्रमण जारी रहने छ ।

प्यालेस्टिनी क्षेत्रहरूमा नागरिक मामिलाका प्रभारी इजरायली रक्षा मन्त्रालयको निकाय कोगाटले सोमबार संयुक्त राष्ट्रसङ्घ र सहायता एजेन्सीहरूले दुई सय ट्रकभन्दा बढी सहायता वितरण गरेको बताएको छ ।

अन्य दुई सय ६० ट्रकलाई सङ्कलन विन्दुहरूमा सहायता जम्मा गर्न गाजामा प्रवेश गर्न अनुमति दिइएको थियो । संयुक्त राष्ट्रसङ्घका चार ट्याङ्कर जोर्डन र एमिराटी विमानहरूबाट सहायताका २० प्यालेट खसालिएको कोगाटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्