काठमाडौं । पछिल्लो समय नेपाली लोकगीत क्षेत्रमा चर्चा बटुल्दै आएकी गायिका पवित्रा सर्तुगी मगरको नयाँ गीत सार्वजनिक भएको छ । केही समयअघि मात्र पवित्राले ‘ए कान्छा’ बोलको लोकगीत ल्याएकी थिइन् । उक्त गीतले चर्चा पाइरहेकै बेला पवित्राले तीजलाई लक्षित गर्दै ‘म त बिहे नगर्ने’ शीर्षकको गीत ल्याएकी हुन् ।

गायिका पवित्रा प्रायः डान्सिङ बीटका लोकगीत गाउने गर्छिन् । यस्तै, ‘म त बिहे नगर्ने’ बोलको यो तीज गीत पनि उनले छमछम नचाउने गाएकी छन् । मिठो स्वरकी धनी पवित्रा भन्छिन्, ‘तीज नारीहरुले रमाइलो गर्ने पर्व पनि हो । त्यसैले नाच्न मिल्ने गीत ल्याएकी हुँ ।’
नेपाली नारीहरुको विषेष पर्व हरितालिका तीज नजिकिँदै तीज सम्बन्धी गाइएका गीतहरु धमाधम आइरहेका छन् । धार्मिक आस्था बोकेको तीज, सांगीतिक पर्वको रुपमा परिणत हुँदै गर्दा विकृति पनि बढ्दै गएको छ । त्यसप्रति पनि सचेत हुँदै गायिका पवित्राले यो तीज गीत गाएकी छन् ।
नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको संगीत तथा लय रहेको ‘म त बिहे नगर्ने’ बोलको यो पवित्राको गीतको भिडियोलाई शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । खेम सेन्चुरी र शिव बिक, जो लोकगीत क्षेत्रमा लोकप्रिय छन् ।
ओवी रायमाझी, जुना विश्वकर्मा र केशव सापकोटा मुख्य फिचरिङ रहेको यस गीतको भिडियोलाई फिल्मीशैलीका तयार गरिएको छ । यो गीतकाृ भिडियोलाई गायिका पवित्राकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजजनिक गरिएको हो । यस गीतलाई पनि दर्शक तथा श्रोताले रुचाउने गायिका पवित्राले अपेक्षा गरेकी छन् ।











