Logo
Logo

मेयर तीर्थराज भट्टराईले थाले आमरण अनशन


567
Shares

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले तीन दिने सत्याग्रहपछि आमरण अनशन शुरू गरेका छन् ।

बाँसलगायत स्थानीय स्रोतको उपयोगमा नीतिगत व्यवस्था माग्दै काठमाडौंको माइतीघरमा सत्याग्रहमा बसेका मेयर भट्टराईले आजदेखि त्यही आमरण अनशन शुरू गरेका हुन् ।

भट्टराईले बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोर्ड र नम्स तयार गरी कानून निर्माण गर्नुपर्ने, जथाभाबी प्रकृतिको दोहन गर्ने क्रसर उद्योगलगायतलाई कानून बनाई कारबाही गर्नुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग पालिकाले थप १० प्रतिशत कर लिन पाउने कानून बनाउनुपर्ने, बाँदरलगायत जङ्गली जनावरको नीतिगत व्यवस्थापन गर्नुपर्नेलगायत सात बुँदे माग राखेका छन् ।

यसैबीच सरकारी टोलीले माइतीघरमै पुगेर मेयर भट्टराईसँग छलफल गरेको छ । शहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीसहितको टोलीले छलफल गरेको हो । मेयर भट्टराईको तर्फबाट उपमेयरसहितको टोली वन मन्त्रालयमा गएर थप छलफल सहमति गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्