काठमाडौं । बलात्कारको आरोप लागेका मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज भन्ने राजेश झालाई पुर्पक्षमा थुनामा पठाउने अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले अहिराजलाई थुनामा पठाउने आदेश दिएको हो ।बालिका बलात्कारको आरोपमा उनी पक्राउ परेका थिए ।
काठमाडौंमा घरायसी कामको सहयोगीका रुपमा ल्याएर पठनपाठनको जिम्मा लिएका अहिराजले बलात्कार गरेको जाहेरी दिएकी थिइन् ।
काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले २०८१ जेठ ४ मा बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको मुद्दामा उल्लेख छ ।














