Logo
Logo

पेप्सिकोलामा पानी ट्यांकरको ठक्करबाट युवकको मृत्यु


1k
Shares

काठमाडौं । पेप्सिकोलामा पानी ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

गएराति छाप्रोमा जडिबुटीबाट पेप्सिकोलातर्फ आउँदै गरेको बा.प्र ०१–००४ क ३२८७ नम्बरको पानी ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको बा.प्र ०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेको रोशी गाउँपालिका– ३ घर भएका २५ वर्षीय नवराज तुमसिङ गम्भीर घाइते भएका थिए ।

मोटरसाइकलको पछाडी सवार उनको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको रोसी–३ कै २६ वर्षीय सन्तोष मगर घाइते भएको छन् ।

उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्यांकर चालक धादिङ घर भएका ४७ वर्षीय रामबहादुर थापालाई प्रहरी प्रभाग कोटेश्वरले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्