
काठमाडौं । पहिरोले बागलुङ–कालिगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ । गएराति बागलुङ नगरपालिका १० डब्ल्याङमा सडकमाथिबाट पहिरो खस्दा कालिगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध भएको हो ।
स्थानीय जनप्रतिनिधि र प्रहरीको समन्वयमा अवरुद्ध सडक खुलाउने प्रयार भइरहेको प्रहरीले जनाएको छ ।














