
काठमाडौं । अमेरिकी सेनाको सिवमान क्यालिफोर्नियामा दुर्घटना भएको छ ।
अमेरिकी सेनाको एफ–३५ लडाकु विमान मध्य क्यालिफोर्नियाको फ्रेस्नो सहरबाट लगभग ६४ किलोमिटर दक्षिणपश्चिम लेमुर नौसेना एयर स्टेसनमा दुर्घटना भएको छ ।
दुर्घटनामा विमान चालक घाइते भएको र उनलाई अस्पताल लगिएको नौसेनाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
स्थानीय समयअनुसार साँझ ६ः३० बजे भएको दुर्घटनाबारे अनुसन्धान भइरहेको पनि जनाइएको छ ।











