
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ सडकको स्तरीकरणलाई तिव्रता दिन निर्देशन दिएका छन् ।
आज सो सडकको निरीक्षण पछि उनले काठमाडौँ जोड्ने छोटो मार्गका रूपमा रहेको थानकोट–चित्लाङ खण्ड आर्थिक विकास र समृद्धिको सहयोगी बन्ने बताए ।
यो सडकले मकवानपुरको कृषि उपज काठमाडौँसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पु¥याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पु¥याउने उनले विश्वास व्यक्त गरे ।
निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै मन्त्री दाहालले कुनै पनि आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न आग्रह गरे ।
उनले विकासका संरचनाले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने धारणा राख्दै यो सडकसमेत आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनुपर्ने बताए ।














