Logo
Logo

तुलसीपुरमा कुकुरको काज किरिया


441
Shares

काठमाडौं । तुलसीपुर, मानपुरका शशीधर पौडेलले आफ्नै सन्तानजस्तै पालेको कुकुर रमीको मृत्युमा ९ दिनसम्म विधिवत् काजकिरिया गरेका छन् । 

जापानी स्पिट्ज जातको रमी ७ महिनाको हुँदा काठमाडौंबाट लिएर गएका थिए । आज्ञाकारी र मायालु रमी शशीधरलाई जहाँ गए पनि पछ्याउँथ्यो, राति ५०० मिटर टाढाबाटै लिन आउँथ्यो ।

दिनहुँ मोटरसाइकलमा २०–२५ मिनेट घुमाउनुपर्थ्यो, नत्र रिसाएर खाना खाँदैनथ्यो । केही दिनअघि शशीधर पिठो लिन जाँदा रमीले पछ्याएको थियो । फर्कँदा ऊ नहर नजिकै अन्य कुकुरको आक्रमणमा परेर सुरुङजस्तो नहरमा खस्यो । 

तीन दिनपछि हिलोमा गाडिएको अवस्थामा रमीको निष्प्राण शरीर भेटियो ।  शशीधरलाई रर्मी गुमाउँदा आमाबुबा गुमाएभन्दा ठूलो पीडा भयो । रमीको श्रद्धाञ्जलिसभामा छिमेकी र आफन्त समेत भेला भए । आसपासका कुकुरलाई खीर खुवाइयो । कुकुरप्रति यस्तो श्रद्धा व्यक्त भएको यो सम्भवतः पहिलो घटना होला ।

प्रतिक्रिया दिनुहोस्