Logo
Logo

बागमतीका मुख्यमन्त्री राजीनामा दिन तयार


2.5k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पदबाट राजीनामा दिन तयार भएका छन् ।

बिहीबारको भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा दिन निर्देशन दिएपछि मुख्यमन्त्री लामा राजीनामा दिने निर्णयमा पुगेका हुन् ।

देउवाले बिहीबार साँझ आफ्नै निवास बुढानिलकण्ठ बोलाएर कांग्रेस बागमती संसदीय दलको नेताबाट समेत पदमुक्त भएका मुख्यमन्त्री लामालाई मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए ।

देउवाको निर्देशनपछि शुक्रबार बिहान आफ्ना निकटहरुसँग सल्लाह गरेका उनले पार्टीको शीर्ष तहको निर्देशन मान्नुको विकल्प नभएको भन्दै आज या भोलिमा राजीनामा दिने तयारी गरेको सांसद तीर्थ लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्