Logo
Logo

करेन्ट लागेर एक बालकको मृत्यु


441
Shares

बैतडी ।  करेन्ट लागेर आज यहाँ एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका(३ गिरीबगर निवासी केशव कोलीका १३ वर्षीय छोरा किरण कोली रहेको प्रहरीले जनाएको छ । 

The current image has no alternative text. The file name is: mirtu_death.jpg

आज दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा सङ्कलन गर्न गएका किरणले  नजिकै रहेको विद्युत् पोलमा छुन पुगेपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए  । 

उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्