काठमाडौं । हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ अभियान शनिवार काठमाडौंमा सुरु भएको छ।

‘स्वदेश फर्क, स्वदेशमै स्वर्ग’ नाराका साथ आयोजित यो कार्यक्रमले विदेशबाट फर्केका र स्वदेशमा उद्यम गर्न इच्छुक युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, हिमानी कोषकी अध्यक्ष हिमानी शाहसहित पूर्व राजपरिवारका सदस्यहरू उपस्थित थिए ।














