Logo
Logo

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, महिला घाइते


630
Shares

काठमाडौं । महोत्तरीमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

शनिबार बर्दिबास–१० स्थित पूर्वपश्चिम राजमार्गस्थित वनपथ चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रकले ना.२–०८ प ६८३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सर्लाहीको लालबन्दी– ९ का ३८ वर्षीय स्कुटर चालक नरकुमार आचार्यको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

स्कुटरको पछाडि सवार ३२ वर्षीया धनकुमारी घिमिरे दुर्घटनामा घाइते भएकी छन् । उनको बर्दिबासमै उपचार भइरहेको बर्दिबासका डीएसपी विकास बमले जानकारी दिए ।

ट्रकले ओभरटेक गर्ने क्रममा स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई नियन्त्रणमाा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्