Logo
Logo

आज यी ४७ जिल्लामा बाढीको जोखिम


945
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज आइतबारको सम्भावित बाढीबारे जानकारी तथा सतर्कताका लागि सुझाव दिएको छ । बाढी महाशाखाले आज ४७ जिल्ला पहेँलो रङ अर्थात् (एल्लो अलर्ट)मा राख्दै होसियारी अपनाउन सुझाव दिएको छ ।

बाढी महाशाखाका अनुसार आइतबार बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ ।

जिल्लाका दृष्टिले आज इलाम, झापा, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, प्युठान, रुकुमपश्चिम, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम, जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, जाजरकोट, कैलाली, कञ्चननपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ ।
यस्तै, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, धनकुटा, तेह्रथुम, पाँचथर, स्याङ्जा, तनहुँ, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, बर्दिया, पर्वत, बागलुङ, म्याग्दी, अछाम, डडेलधुरा, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्