Logo
Logo

हवाई फायर गरी प्रहरीले समात्यो खैरो हेरोइनसहित दुई जना


2.8k
Shares

काठमाडौं । सप्तरीमाा प्रहरीले हवाई फायर गरी लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा
दुई राउण्ड हवाई फायर गर्दै दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बडिविरपुरका विशाल राय र डाक्नेश्वरी– ७ का मनोज राय छन् । सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीका अनुसार पक्राउ परेकाहरुको साथबाट एक सय ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद भएको छ ।

प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नुपरेको उपरीक्षक केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्