Logo
Logo

रक्सीले मातेपछि मुक्काले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ


1.1k
Shares

काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा पर्साको जिराभवानी गाउँपालिका–५ शंकरसरैयाका जितेन्द्र माझी पक्राउ परेका छन् ।

शनिबार राति घरासयी विवाद हुँदा २४ वर्षीया असपतलीयादेवीको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

मादकपदार्थ सेवन गरेका जितेन्द्रले श्रीमतीलाई मुक्का तथा लठ्ठीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

ज्यानसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थपको अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्