Logo
Logo

ईपीएस भाषा परीक्षाका लागि साउन २६ बाट आवेदन खुल्ने


1.1k
Shares

काठमाडौं । दक्षिण कोरियाको ईपीएस भाषा परीक्षाको लागि आवेदन साउन २६ गतेबाट खुल्ने भएको छ ।

कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया)ले वेबसाइटमार्फत उक्त जानकारी दिएको हो । एचआरडीका अनुसार साउन २६ देखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ ।

कुन–कुन क्षेत्रका लागि परीक्षा हुने र कति संख्यामा लैजाने भन्ने विषय भने नखुलाइएको एचआरडी कोरियाले जनाएको छ ।

दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा श्रमिक लैजाँदै आएको छ ।

नेपालले २००७ देखि सरकारी संयन्त्र (ईपीएस) अन्तर्गत कोरियामा श्रमिक पठाउँदै आएको छ । हालसम्म ईपीएसमार्फत १ लाख ३० हजार बढी नेपाली गइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्