Logo
Logo

विविध कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइँदै


252
Shares

काठमाडौं । नेपालका आदिवासी जनजातिहरुले ३१औं विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाउने भएका छन्।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले आइतबार पत्रकार सम्मेन गरी हरेक वर्ष अगष्ट ९ का दिन मनाइने आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने तयारी भएको जानकारी दिएको हो ।

महासंघले यो वर्ष ‘प्राकृतिक श्रोत, जल, जमिन र जंगल माथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर’ भन्ने मूल नारासहित ३१औं विश्व आदिवासी दिवस मनाउन लागेको हो ।

दिवसका अवसरमा साताब्यापी कार्यक्रमहरु भएपनि मुख्य दिन अगष्ट ९ अर्थात श्रावण २४ गते काठमाडौंमा झाँकीसहितको बृहत ¥याली निकालिने र राष्ट्रिय सभा गृहमा समारोह आयोजना गरिने महाासंघले जनाएको छ । मूल समारोहलाई नेपाल सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले उद्घाटन गर्नेछन् ।

त्यसअघि साँस्कृतिक झाँकीसहितको ¥र्याली भृकुटिमण्डपमा जम्मा भएर भद्रकाली, सून्धारा, वीर अस्पताल, रत्नपार्क, पूरानो बसपार्क भएर प्रदर्शनीमार्ग राष्ट्रिय सभागृहको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत हुनेछ ।

कार्यक्रममा मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिई कार्यन्वयनको चरणमा प्रवेश गरेको भन्दै बागमति प्रदेश सरकारको तत्कालिन मूख्यमन्त्री शालिकराम जमरकटेल र गण्डकी प्रदेशको मूख्यमन्त्री सूरेन्द्रराज पाण्डेलाई सम्मान गर्ने भएको छ । सभागृहस्थलमा आदिवासी जनजातिहरुको कला, संस्कृति, पहिचान, भेषभुषा तथा खानाका परिकारसहितको उत्सव आयोजना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्