Logo
Logo

तारकेश्वरका वडाध्यक्ष रिमालको निधन


3k
Shares


काठठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का अध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ । ४५ वर्षीय रिमालको आज उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो ।

वडाध्यक्ष रिमालको निधनप्रति पालिका अध्यक्ष शिव अधिकारीले शोक वक्तव्य जारी गर्दै दुख व्यक्त्त गरेका छन् । उनले पालिकाको विकास, समन्वय र सेवा प्रवाहमा रिमालले पु¥याएको योगदानलाई सदैव सम्झिरहने उल्लेख गरेका छन्।

वक्तव्यमा रिमालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ । गाउँकार्यपालिले आजको दिनलाई ‘शोक दिवस’ को रूपमा घोषणा गरेको छ ।

साथै आज तारकेश्वर गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा दिइएको अध्यक्षा अधिकारीले बताए ।

साथै आज सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको अध्यक्ष अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्