Logo
Logo

बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव


252
Shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार गम्भीर रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघको आयोजनामा २९औँ श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेलाको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बोलबमले हाम्रो सांस्कृतिक एकता र धार्मिक आस्थालाई झल्काउँने बताए ।

उनले भने, ‘बोलबम संस्कृति समाजलाई एकताबद्ध गर्ने, धार्मिक र सांस्कृतिक चेतनालाई मजबुत बनाउने माध्यम हो । बोलबम लगायतका मौलिक परम्पराको जगेर्नाका लागि सरकार गम्भीर रूपमा प्रतिबद्ध छ ।’

मन्त्री यादवले बोलबम लगायतका हाम्रा धार्मिक, पर्यटकीय एवं संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु सबै तह र तप्काको साझा जिम्मेवारी भएको उल्लेख गरे ।

धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको प्रवाह गराउने यस्ता आयोजनाहरूले हाम्रो पहिचानलाई अझ सुदृढ बनाउने मन्त्री यादवले विश्वास व्यक्त गरे ।

उनले भने, ‘हिन्दुहरुको धार्मिक आस्थाको धरोहर भनेको भगवान पशुपतिनाथ हो । जो नेपालमा छ । बोलबम काँवर यात्रीले पशुपतिनाथमा जल चढाउछन् । उनीहरुले हिन्दु धर्मको रक्षा गर्ने छन् ।’

आज सोमबार भगवान पशुपतिनाथमा बोलबम काँवर यात्री लगायतले सहज रुपमा जल चढाउन सक्ने गरी त्यहाँको एउटा ढोका खोल्नका लागि आफुले पशुपति क्षेत्र विकास कोषका कार्यकारी सदस्य, पदाधिकारी, पर्यटनमन्त्री लगायतसँग समन्वय गर्ने समेत आश्वासन दिए ।

गोकर्णेश्वर नगरपालिकामा बोलबम काँवरीया संघलाई पुजाआजाका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराई सहयोग गरी दिनका लागि नगरप्रमुखलाई मन्त्री यादवले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्