Logo
Logo

कटुवा पेस्तोलसहित १ जना पक्राउ


252
Shares

काठमाडौं । पर्सामा कटुवा पेस्तोलसहित १ जना पक्राउ परेका छन् ।​ वीरगन्ज महानगरपालिका– १६ इनर्वा गाउँबाट कटुवा पेस्तोल १ थानसहित सोही ठाउँ बस्ने ४० वर्षीय साहेब खाँ पक्राउ परेका हुन् ।

प्रहरी चौकी इनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित आइतबार साँझ पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्