Logo
Logo

जेडीएसका पूर्व सांसद रेवन्नालाई बलात्कार मुद्दामा जन्मकैद


0
Shares

एजेन्सी । पूर्व जेडीएस सांसद तथा पूर्व प्रधानमन्त्री एजडी देवगौडाका नाती प्रज्वल रेवन्नालाई बलात्कार मुद्दामा जन्मकैदको सजाय सुनाइएको छ । बेंगलुरुको विशेष अदालतले शनिबार प्रज्वलविरुद्ध १० लाख भारतीय रुपैयाँ जरिवानासहित जन्मकैदलको सजाय सुनाएको हो ।

साथै पीडितलाई ७ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिनसमेत आदेश भएको छ । रेवन्नाले अदालतमा कम सजाय माग गर्दै आफूले कुनै गलत नगरेको दाबी गरेका थिए । रेवन्नाको रिवरामा काम गर्दै आएकी ४७ वर्षीया महिलाले गत वर्षको अप्रिलमा उनीविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।

जसमा २०२१ देखि कैयौंपटक बलात्कार गरेको र कसैलाई भनेमा अश्लिल भिडियोहरु लिक गरिदिने धम्की दिएको रेवन्नामाथि आरोप थियो । अदालतले १८ जुलाईमा यस मुद्दाको सुनुवाई गरेको थियो ।

रेवन्नाविरुद्ध बलात्कार, कुदृष्टि, अपराधिक धम्की र अश्लित तस्बिर लिकसहित कैयौं धाराअन्तर्गत आरोप तय गरिएको थियो । उनीविरुद्ध चारवटा बलात्कारमा मुद्दा दायर थिए । जसमध्ये उनलाई दोषी ठह¥याइएको यो पहिलो मुद्दा हो ।

प्रतिक्रिया दिनुहोस्