
काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई छैटौँ वरीयता दिएको छ ।
दुई कार्यकाल उपराष्ट्रपति भएर सक्रिय राजनीतिमा फर्किएका पुनलाई माओवादीले छैटौं वरीयता दिएको हो । पुनलाई यसअघि माओवादीले पुनलाई उपाध्यक्षमा मनोनीत गरेको थियो ।
स्थायी कमिटीको बैठक चलिरहेको बेला माओवादीले पार्टीको वेबसाइट अपडेट गर्दै पुनलाई छैटौँ नम्बरमा राखेको छ । पुनअघिको वरीयतामा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष छन् ।
माओवादीमा पहिलो वरियतामा अध्यक्ष प्रचण्ड, दोस्रोमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, तेस्रोमा उपाध्यक्ष कृष्णबहादुर महरा, चौथोमा उपाध्यक्ष अग्नि सापकोटा, पाचौँ वरियतामा उपाध्यक्ष पम्फा भुसाल रहेका छन् । भुसालपछि पुनको वरियता कायम गरिएको छ ।














