
काठमाडौं । सोमबार सार्वजनिक कक्षा १२ को परीक्षामा अनुत्तीर्ण (ननग्रेडेड) भएका विद्यार्थीका लागि आगामी भदौ २८ र २९ गते पूरक परीक्षा हुने भएको छ ।
नतिजा सार्वजनिक गरेपछि राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पुरक परीक्षाबारे जानकारी दिएको हो ।
जसअनुसार परीक्षामा सहभागी भई सबै विषयमा ‘डी’ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढिमा कुनै दुई विषयमा ननग्रेडेड भएका विद्यार्थीहरुले पूरक परीक्षा दिन पाउनेछन् ।
सोमाबार सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड हुँदा ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन् ।












