
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको बताएको छ ।
माओवादीको सोमबार सम्पन्न स्थायी समितिको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरेपछि नेकपाले तत्काल एकता सम्भव नभएको बताएको हो ।
बाहिर चर्चा भएजस्तो माओवादीसँग एकता प्रक्रिया नटुङ्गिएको भन्दै हल्लाका भरमा एकता सम्भव नभएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । बरु आफ्नै नेतृत्वमा माओवादी धारलाई समेटेर नेतृत्व गर्न पहलकदमी लिने निर्णय भएकाे उनले बताए ।
उनले भने, ‘माओवादी धार, क्रान्तिकारी कम्युनिष्टहरु र समूहसँग एकता र ध्रुवीकरणको हाम्रो नीति त छँदैछ । तर नेकपा माओवादी केन्द्रसँग अहिले एकताको सम्भावना टरेको छ । किनभने उसले त्यसको कारण र आधार पहिले स्पष्ट पार्नुपर्छ ।’














